Odapalika - The Fourth Estate - चौथो अंग
नेकपा एसको महाधिवेशन जेठ ३ देखि ७ सम्म काठमाडौँमा तय

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने भएको छ । 

आज बसेको पार्टीको सचिवालय बैठकले जेठ ३ गते मदनआश्रित स्मृति दिवसको अवसरमा पारेर काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

उनले राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज मस्यौदाका निम्ति अध्यक्ष माधव कुमार नेपालको संयोजकत्वमा २७ सदस्यीय समिति समेत बनाएको जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update