Odapalika - The Fourth Estate - चौथो अंग
प्रतिनिधिसभाका २ समितिको बैठक बस्दै 

काठमाडौँ । प्रतिनिधिसभा अन्र्तगतका दुई समितिका बैठकहरू आज बस्दैछन् । संसद सचिवालय सिंहदरबारमा विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः३० बजे बोलाइएको छ । विधुतीय व्यापार विधेयक,२०८० माथि प्रारम्भिक छलफलका लागि उक्त बैठक बोलाइएको हो । 

त्यस्तै, आजै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक पनि बस्दैछ । संघीय संसद, राष्ट्रिय सभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको १७९औँ बैठकमा ग्यालरी बैठक (पुरानो प्रतिनिधिसभा भवन) लाई संसदीय संग्रहालयको रुपमा विकास गर्न उक्त भवनलाई प्रबलीकरण प्रविधिद्वारा संरक्षण गर्ने सम्बन्धमा दिइएको निर्देशन कार्यान्वयनको प्रगति लगायत विषयमा शहरी विकास मन्त्री र सचिवसँग छलफल हुने जनाइएको छ । 

राज्य व्यवस्था तथा सुशासन समिति हलमा बिहान ११ः३० बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।  
 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update