Odapalika - The Fourth Estate - चौथो अंग
कुलमान घिसिङलाई रेनु दाहालको असहयोग, भरतपुरले तिरेन साढे १० करोड बक्यौता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेनु दाहालले नेतृत्व गरेको महानगरपालिकाले प्रधानमन्त्री दाहालकै पहलमा नियुक्त भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई असहयोग गरेको छ ।

प्रधानमन्त्री पुत्री दाहाल मेयर रहेको भरतपुर महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता रकम लामो समयदेखि नतिरेको हो । भरतपुर महानगरसहितका देशभरका ३३२ स्थानीय तहले सडक बत्ती वापतको रकम नतिरेपछि प्राधिकरण भने अर्थमन्त्रालय गुहार्न वाध्य भएको थियो ।

स्थानीय तहहरुले सडक बत्ती वापतको ६ अर्ब रुपैयाँभन्दा बढीको बक्यौता नतिरेपछि सो बक्यौता रकम मिलान गर्नको लागि प्राधिकरणले अर्थमन्त्रालयलाई अनुरोध गरेको थियो । प्राधिकरणको यस्तो अनुरोध प्राप्त भएपछि अर्थ मन्त्रालयले हिसाव मिलान गर्न नसकिने र सो रकम सम्बन्धित कार्यालयहरुले नै तिर्नु पर्ने भनेर गत कात्तिक २२ गते निर्णय गरिदिएको थियो ।

अर्थको यस्तो निर्णयपछि स्थानीय तहहरुले सडक वत्तीको रकम तिर्नुपर्ने भएको छ । यस्तो रकममध्ये भरतपुर महानगरले मात्रै १० करोड ६२ लाख रुपैयाँ तिर्न बाँकी छ । यो रकम पनि गत असार मसान्तसम्मको थप दस्तुर बाहेकको हो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update