Odapalika - The Fourth Estate - चौथो अंग
ज्योतिष शास्त्रअनुसार यस्तो छ आज तपार्ईंको भाग्य र कर्म 

आजको पञ्चाङ्ग 

तिथि: नवमी, नक्षत्र: उत्तरफाल्गुनी, करण: तैतिल, चन्द्रराशि: सिंह, सूर्योदय: ६: ४२, सूर्यास्त: १७: ०७, दिनमान : २६:०२ घडी, राहुकाल: दिनको १२: ०० देखि १: ३० बजेसम्म ।

मेष (चु चे चो ला लि लु ले लो अ)

 कामको प्रशंसा र सम्मान पाउनु हुनेछ । रमाइलो अनुभूति भइरहने छ । विद्यामा सफल भइनेछ । 

वृष (इ उ ए ओ बा बि बु बे बो)

आजको दिन मध्यम हुनेछ । काम गर्दा सहयोग गर्नेभन्दा असहयोग गर्ने बढी होलान् । नयाँ मित्रको साथ पाइने छ । 

मिथुन (का कि कु घ ङ छ के को ह)

 दाजुभाइको असहयोगले मन खिन्न रहनेछ । मान, सम्मानमा आँच आउला । नसोचेको काम भने बन्ने देखिन्छ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो)

काम विशेषले इष्टमित्रसँग भेटघाट हुनेछ । अचानक धनप्राप्ति होला  । मानसिक तनाव कम हुनेछ ।  

सिंह (मा मि मु मे मो टा टि टु)

आवश्यक यात्राले रोकिएको काम पूरा हुनेछ । तपाईँको कामको सम्मान हुनेछ । नयाँ योजनाहरु स्थापित हुनेछन्  । आम्दानी हुने देखिन्छ ।

कन्या (टो प पि पु ष ण ठ पो)

आजको दिन कष्टपूर्ण बन्नेछ । जे काम गर्नुहुन्छ त्यो पूरा हुन कठिन देखिन्छ । नसोचेको खर्च हुनेछ । 

तुला (र रि रु रे रो ता ति तु ते) 

 आजको दिन भाग्यले साथ दिनेछ । यात्राबाट पनि लाभ उठाउनु हुनेछ । मनोरञ्जनपूर्ण दिन बित्ने देखिन्छ । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आज मान सम्मानले तपाईँको खुसीको सीमा रहनेछैन । हरेक कुरामा साथीहरुको साथ रहनेछ । सही ठाउँमा आवश्यक मात्र खर्च हुनेछ ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

धनु राशिका लागि आज भाग्योदयको समय रहेको छ । नयाँ सामान खरिद होला । धर्मप्रति मन जानेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

शरीरमा कष्ट हुनेछ । तपाईँलाई दुखदिनेहरु जुर्मुराउनेछन् । समस्या झेल्नुपर्नेछ । धैर्यताले काम गर्नुपर्ला ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

परिवारको सहयोगले काम बन्नेछ । रमाइलो यात्रा उपलब्धिमय हुनेछ । सन्तान सुख प्राप्त हुनेछ ।

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आज मन उराठलाग्दो हुनेछ । नयाँ कामले झमेला दिनेछ । मानसिक थकान होला । 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update