Odapalika - The Fourth Estate - चौथो अंग
उपप्रधानमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी सर्जरी, अवस्था सामान्य 

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा ‘एन्जियोप्लास्टी सर्जरी’ गरिएको छ ।

असोजको अन्तिम साता मित्रराष्ट्र गणतन्त्र चिनको भ्रमणमा रहेको बेला मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र चीनको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आकस्मिक ‘कोरोनरी एन्जियोग्राफी’ गर्दा ‘ओन्टस मार्जिनल’ शाखामा अवरोध देखिएको थियो । 

उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको जानकारीमा आएको थियो । मुटुमा हल्का असहज महसुस भएपछि गएराति उनी अस्पताल भर्ना भएका थिए । 

डा. अरुण मास्के सहितको चिकित्सक टोलीले केही अवरोध रहेको भागमा राति नै ‘एन्जियोप्लास्टी सर्जरी’ गरीसकेको छ । हाल उनको सघन उपचार कक्षमा उपचार भैरहेको छ भने डाक्टरका अनुसार स्वास्थ्य अवस्था सामान्य एवम् स्थिर रहेको छ । चिकित्सकका अनुसार उनलाइई तीन देखि पाँच दिनसम्म अस्पतालमै राखिने छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहानै अस्पताल पुगि उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । उनीहरुबीच सामान्य कुराकानी समेत भएको छ । चिकित्सकको सल्लाहअनुसार अन्य भेटघाट बन्द गरिएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update