Odapalika - The Fourth Estate - चौथो अंग
दुुई कर्मचारीलाई हाजिर हुन बुढानीलकण्ठ नगरपालिकाको निर्देशन, १५ दिनभित्र सम्पर्कमा नआए कारवाही हुने

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय हात्तीगौडाले २ जना कर्मचारीलाई हाजिर हुन आउन निर्देशन दिएको छ । 

पालिकाले बुधबार एक सूचना जारी गर्दै अ.हे.व. (चौथो) तहमा कार्यरत गौमाता बाठा र जनस्वास्थ्य निरीक्षक (छैटौं) तहमा कार्यरत मन्जु न्यौपानेलाई हाजिर हुन निर्देशन दिएको हो । 

सूचना अनुसार बिदा स्वीकृृत नगराई लगातार अनुपस्थित रहेको भन्दै उनीहरुलाई १५ दिनभित्र हारिज हुन निर्देशन दिएको हो । 

बिदा स्वीकृत नगराई कार्यालयमा लामो समय अनुपस्थित रहेको भन्दै नगरपालिकाले बुधबार सूचना निकालेर १५ दिनभित्र लिखित स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन भनेको हो । अन्यथा कानून बमोजिम कारबाही नगरपालिकाले जनाएको छ ।

‘यस नगरपालिका अन्तर्गत कार्यरत तपसिल बमोजिमका कर्मचारीहरू देहायका मितिबाट कार्यालयमा बिदा स्वीकृत नगराई लगातार अनुपस्थित रहेकोले मिति २०८०।०४।१८ गते हाजिर हुन आउने पत्र र २०८०।०७।२३ मा सफाई पेश गर्ने पत्र पठाइएकोमा हालसम्म पनि कार्यालयमा हाजिर हुन नआएको हुँदा बागमती प्रदेश सरकारको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७४ को दफा ११८ (१)म को व्यवस्था अनुसार सोही ऐनको दफा ११५ ख (१) बमोजिम सेवाबाट किन नहटाउने ? सेवाबाट नहटाउनुपर्ने मनासिव कारण भए सूचना प्रकाशन भएको मितिले बाटोको म्याद बाहेक १५ (पन्ध्र) दिनभित्र लिखित स्पष्टीकरण सहित कार्यालयमा हाजिर हुन आउन अन्तिम पटक यसै सूचना मार्फत् जानकारी गराइन्छ । अन्यथा प्रचलित कानून बमोजिम भैजाने व्यहोरा अनुरोध छ’, नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ११:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update