Odapalika - The Fourth Estate - चौथो अंग
मधेसको मुख्य प्रशासनिक केन्द्रकै बाटो बेहाल

जनकुपरधाम । मधेसको मुख्य प्रशासनिक केन्द्रकै बाटो बेहाल भएको छ । जनकपुर चुरोट कारखानाको पूर्वाधारमा मधेस भवन निर्माण गरिएको थियो । मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय र मन्त्री निवास जाने बाटो बेहाल अवस्थामा छ । 
विभिन्न प्रशासनिक कामले त्यहाँ पुग्ने सेवाग्राही बाटोका कारण आजित हुँदै आक्रोशित छन् । आफ्नै कार्यालय र निवास जाने बाटो बनाउन नसक्नेले मधेसमा विकास गर्न नसक्ने कतिपयको टिप्पणी छ । ‘मुख्यमन्त्री र मन्त्रीहरूले दैनिक प्रयोग गर्ने सडक बेहाल छाड्नेले मधेसको सुधार गर्छ भन्ने अपेक्षा राख्न सकिँदैन,’ सेवाग्राही अमरेन्द्र यादवले भने । 
प्रदेशको मुहार फेर्ने नारालाई सडकको दुरवस्थाले गिज्याएको यादवले बताए । मधेस भवनभित्रका सडकमा कालोपत्र तथा स्तरोन्नतिका लागि २०७७ साल असारमा ठेक्का लागेको थियो । सो योजना पनि ३ वर्षदेखि अलपत्र छ । मधेस भवनभित्रको उक्त सडक स्तरोन्नतिको जिम्मा वल्र्ड आइएसएन जेभीले पाएको थियो । निर्माण कम्पनीले करिब ३ वर्षअघि ६ करोड ९७ लाख ३६ हजार ११८ रुपैयाँमा लिए पनि काम सम्पन्न गरेको छैन । 
मन्त्रालयका अनुसार तोकिएको समयावधिमा निर्माण कार्य सम्पन्न नभएपछि निर्माण व्यवसायीलाई फेरि २०७८ चैत मसान्तभित्र काम सक्ने गरी थपिएको थियो । तर, हालसम्म केही प्रगति भएको छैन ।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update