Odapalika - The Fourth Estate - चौथो अंग
माइजोगमाई र बाह्रदशीबाट लखेटिएका प्रशासकीय अधिकृतलाई लिखुपिकेको स्वागत

काठमाडौँ । लिखुपिके गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा काजीमान राईले कामकाज थालेका छन् । 

इलामको माइजोगमाइ गाउँपालिकामा सोही पालिकाकी एक कर्मचारीसँग अस्वभाविक यौनजन्य व्यवहार गरेको अभियोगमा झापाको बाह्रदशी गाउँपालिका हुँदै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय तानिएका राईलाई ३ दिनअघिमात्र सोखुखुम्बुको लिखुपिके गाउँपालिकाले स्वागत गरेको छ । 

राईसँग अस्वभाविक योनजन्य व्यवहारमा संलग्न भनिएकी लेखा अधिकृतलाई भने हाल मन्त्रालयमै थन्क्याइएको छ ।

प्रशासकीय अधिकृत र लेखा अधिकृतको कार्यकक्षमै अस्वभाविक यौनजन्य कृयाकलापको भिडियो गत भदौमा सार्वजनिक भएपछि माइजोगमाई गाउँपालिकाबाट उनलाई झापाको बाह्रदशी गाउँपालिकामा सरुवा गरिएको थियो ।

तर सो पालिकाले उनलाई हाजिर नगराएपछि ३ महिना यता उनी मन्त्रालयमा थिए । लिखुपिके गाउँपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतबिहीन थियो । 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ०८:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update