Odapalika - The Fourth Estate - चौथो अंग
तिव्बतको सिगात्सेका पशुलाई भरतपुरको घाँस 

चितवन ।  भरतपुर महानगरपालिकामा उत्पादन भउको मकैका बोटावाट बनेको विशेष प्रकारको घाँस (हेलेज) केरुङ नाका हुँदै चीनको सिगात्से पुगेको छ । 

भरतपुर महानगरपालिका–५ प्रेमबस्तीमा चिनियाँ सहयोगमा खुलेको घाँस प्रशोधन उद्योगले उत्पादन गरेको ८२ टन हेलेज बोकेर भरतपुरबाट गत ३१ असारमा ट्रक हिँडेका थिए । 

ती ट्रकले केरुङ नाकामा लगेर छोडेका घाँसलाई चिनियाँहरुले सिगात्से पु¥याएको जानकारी पाएको भरतपुर महानगरपालिकाले जनाएको छ । 

भरतपुरमा ३ वर्षअघि स्थापना भएको उद्योगले मकैका हरिया बोटालाई प्रशोधन गरेर विशेष प्रकारको घाँस उत्पादन गरेर चीन पठाउन थालेको हो । 

पहिलो पटक संघीय मन्त्रीहरु र चिनियाँ राजदूतसमेतको उपस्थितिमा गत ३१ असारमा औपचारिक रुपमा चीनतर्फ प्रशोधित घाँस पठाइएको थियो । चीनले यहाँ उत्पादित सबै घाँस खरिद गर्ने बताइसकेको छ । 

‘भरतपुर महानगरबाट नेपालमै पहिलो पटक प्रशोधित घाँस चीन निर्यात भइसकेको छ । हाईब्रिड मकैलाई प्रशोधन गरिएको घाँसको तिब्बतमा ठुलो माग छ,’ मेयर रेणु दाहालले भनिन् । 

तिब्बत सरकार नै घाँस खरिद गर्ने सम्झौता गरेको छ । भरतपुर महानगरपालिकाका मेयर दाहालका अनुसार यो निर्णयले नेपाली किसानका मकैले राम्रो बजार मूल्य पाउनेछ भने विस्तारै र कृषि क्षेत्रलाई  आत्मनिर्भर बनाउन सकिने बाटो पनि खुलेको छ । 

मकैका हरिया बोट वा अन्य पोसिलो घाँसलाई मेसिनले मसिनो गरी काटेर प्लास्टिकले हावा छिर्न नपाउने गरेर बेरेर राखेपछि  १३० मा हेलेज तयार हुन्छ । 

भरतपुरको यो कारखानाले वार्षिक ६० हजार टनसम्म हेलेज उत्पादन गर्न सक्छ । मकैका बोटको अवस्था र गुणस्तर हेरेर प्रति कट्ठा ६ हजार रुपैयाँसम्म कम्पनीले घाँस खरिद गरिरहेको छ । 

सिगात्सेमा वार्षिक १० लाख टनसम्म हेलेज खपत हुने गरेको चिनियाहरु बताउँछन् ।  चीनमा एक टन हेलेजको २४ हजार रुपैयाँसम्म पर्ने गरेको छ । 

नेपालमा देशभर १० खा हेक्टर खेतीयोग्य जमिन अहिलेपनि बाँझै छ । भरतपुरमा जस्ते घाँस उत्पादन गर्ने उद्योग अन्यत्र पनि स्थापना गर्ने हो भने चीन मात्र पनि नेपालको प्रशोधित घाँस खरिदका लागि पर्याप्त हुने कृषिविद्हरु बताउँछन् । 
 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update