Odapalika - The Fourth Estate - चौथो अंग
श्रम बैंकमा प्रशिक्षक नियुक्त गर्दै काठमाडौँ महानगर, के-के चाहिन्छ योग्यता ? 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘श्रम बैंक’ सञ्चालनका लागि एक जना प्रशिक्षक नियुक्त गर्ने भएको छ । महानगरले बुधबार १० दिनको एक सूचना जारी गर्दै श्रम बैंक सञ्चालनका लागि एक जना प्रशिक्षक नियुक्त गर्नुपर्ने भन्दै सुचिकृत हुन आग्रह गरेको हो । 

सूचना अनुसार श्रम बैंकमा सुचिकृृत हुने अदक्ष, अर्धदक्ष र दक्ष सबै प्रकारका जनशक्तिलाई रोजगारीमा पठाउनु पूर्व रोजगार मुुलक शिक्षा, व्यक्तिगत विवरण, तयारी कक्षा, अन्तरवार्ता तयारी कक्षा, प्रेरक कक्षा प्रदान गर्न प्रशिक्षक नियुक्त गर्न लागेको हो । 

श्रम बैंकको प्रशिक्षक बन्नका लागि व्यक्तिगत विवरण रेजुमी, अन्तर्वाता कक्षा तयारी तथा प्रेरक कक्षा सञ्चालन÷प्रशिक्षणमा कम्तिमा दुई वर्षको अनुुभव भएकाले आवेदन दिन सक्ने महानगरले जनाएको छ । यस्तै, नेपाली नाागरिक, १८ वर्षदेखि ६५ वर्ष ननाघेको, मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक उतिर्ण गरेको थप अध्ययन गरेको ब्यक्तिले शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्ने छ । 

‘महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रममा महानगर स्वर्णिम योजनाको रुपमा श्रम बैंक परियोजनालाई राखेको छ । उक्त परियोजना काठमाडौँ महानगरका बासिन्दाहरुको बेरोजगारी समस्या न्यूनिकरण गर्ने उद्देश्य अनुरुप सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा रोजगारीको अवसर पहिचान गर्ने, खोजी गर्ने रोजगारी प्राप्त गर्न सहयोगी केन्द्रको रुपमा रहने जनाईएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update