Odapalika - The Fourth Estate - चौथो अंग
एनसेलको शेयर बिक्रीको छानबिन गर्न सरकारले गठन गर्याे उचस्तरीय समिति

काठमाडौँ । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीको छानबिन गर्न एक समिति गठन गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्सीय उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरेको हो । 

उक्त समितिको सदस्यमा सरकारका सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र सुजनकुमार काफ्ले रहेका छन्। 

 यस्तै, बिहीबारको बैठकले खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई तथा सदस्यमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । 

विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’ को लागि प्राप्त हुने सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने समेत निर्णय गरेको सञ्चार मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update