Odapalika - The Fourth Estate - चौथो अंग
निर्वाण चौधरीले भने, टेलिकम क्षेत्रका माफियाका कारण सीजीले लाइसेन्स पाएन

काठमाडौँ । टेलिकम क्षेत्रका माफियाका कारण सीजी टेलिकमले मोबाइल सेवाको लाइसन्स पाउन नसकेको चौधरी फाउण्डेशनका उपाध्यक्ष तथा सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताएका छन् । 

बिहीबार सामाजिक सञ्जाल मार्फत उनले माफियाकै कारण सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने तथा ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि लाइसन्स नपाएको बताएका हुन् । 

‘नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन् । सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती दिइएन भन्ने कुराको अब पटाक्षेप हुदैछ । हेर्दै जाऔँ, अरु के के देख्न पाईने हो ? एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन् जसले १० बर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन् । आज जे भएको छ यहि गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन् । देशमा अहिले ‘त कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update