Odapalika - The Fourth Estate - चौथो अंग
तयार भयो सूर्यबिनायक नगरका सबै वडा जोड्ने शिव सर्किट 

भक्तपुर । धार्मिक पर्यटन प्रर्वद्धन गर्न सूर्यविनायक नगरपालिकाले नगरभित्रका शिवमन्दिरलाई छुने गरी ‘शिव सर्किट’ सडक सञ्जाल तयार गरेको छ । 

२०७५ सालमा सुरु भएको यो योजना अन्र्तगत पालिकाभित्रका सबै शिव मन्दिर हुँदै पालिका परिक्रमा गर्न मिल्ने सडक सञ्जाल तयार भएको मेयर बासुदेव थापाले बताए । 

उनकाअनुसार यो सडक सञ्जाल अब सवारी साधन गुडाउन र पैदल यात्रा गर्न पूर्णरुपमा तयार भएको छ । यो सर्किटले पालिकाका १० वटै वडालाई जोड्ने उनले जानकारी दिए ।

साविकको अनन्तलिङ्गेश्वर र सूर्यविनायक नगरपालिका तथा  बालकोट, सिरुटार, दधिकोट, गुण्डु, कटुञ्जे, सिपाडोल, नंखेल र चित्तपोल गाविसलाई जोडेर बनाइएको यो नगरपालिका भक्तपुरकै ठूलो नगरपालिका हो । 

यी सबैजसो क्षेत्रलाई छुने र पालिकाभित्रका १३ वटा शिवालयसमेत पुगिने गरी १४ किलोमिटर सडक सञ्जाल तयार भएको छ । 

नगरपालिकाले १ देखि १० वडासम्म रहेका प्रसिद्ध शिवमन्दिरको विकास तथा व्यवस्थापन समितिका अध्यक्ष एवं पदाधिकारी, वडाअध्यक्ष र सरोकारवालासँगको छलफल पछि अब अनुगमन गरेर सडक खोल्ने तयारी गरेको छ । 

यो पालिकाभित्र प्रसिद्ध डोलेश्वर महादेव मन्दिर र केदारनाथको शिर छ । यसलाई मुल आधार बनाएर पालिकाभित्रका १३ वटै शविालयको प्रचारमा पालिका जुटेको मेयरको भनाइ छ । 

पालिका भित्र पर्यटक आकिर्षत गर्न हाल घ्याम्पेडाँडामा जीपलाइन सञ्चालनमा छ । घ्याम्पेडाँडा, रानीकोट, आशापुरी लगायतका क्षेत्रमा स्तरीय होटल, रिसोर्ट र होमस्टे पनि संचालनमा छन् 
 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update