Odapalika - The Fourth Estate - चौथो अंग
बेनिघाटमा  लैंगिक हिंसाविरुद्ध विशेष कार्यक्रम 

काठमाडौँ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ मा विशेष कार्यक्रम सम्पन्न भएको छ । 

वडा नम्बर ८ को कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा स्थानीय आमा समूहका प्रतिनिधिहरु, महिला समूहका प्रतिनिधिहरु, विद्यार्थीहरुले आ–आफ्नो प्रस्तुति दिएका थिए ।

उनीहरुले महिला तथा लैंगिक हिंसाविरुद्ध कविता बाचन र गीत प्रस्तुत गर्नुका साथै सडक नाटक पनि प्रस्तुत गरेका थिए । वडाध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत नर्वदा घिमिरे, वडा सचिव पवन खनाल, जनप्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु समेत सहभागी भएका थिए । 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update