Odapalika - The Fourth Estate - चौथो अंग
तराईमा हुस्सु र कुहिरोको प्रभाव पर्दा केही स्थानमा पानी पर्ने सम्भावना

काठमाडौँ । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागिरहेको छ । 

आज बिहान कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोसी प्रदेशको पहाडी भू–भागको केही स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागले राति कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

देशभरको तापक्रममा गिरावट आउन सक्ने भएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।  बिहानको समयमा देशको तराईका थोरै भू–भागहरूमा लागेको हुस्सु मध्याह्नपछि क्रमिक रूपमा सुधार हुँदै जाने विभागले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ०७:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update