Odapalika - The Fourth Estate - चौथो अंग
तारकेश्वर मेयर कपः एन्जल्स हार्ट र हिमरश्मीलाई उपाधि

काठमाडौँ । एन्जल्स हार्ट र हिमरश्मीले दोश्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत बास्केटबलको उपाधि जितेका छन् । 

बिहीवार सम्पन्न खेलमा एन्जल्स हार्ट जुनियर ब्वाइज तथा हिमरश्मी गल्र्समा च्याम्पियन बने । जुनियर ब्वाइज फाइनलमा एन्जल्स हार्टले लालीगुराँस नेसनल एकेडेमीलाई २४–१९ ले पराजित ग¥यो । एन्जल्स हार्टका रुपेश पौडेलले १५ अंक जोडे ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा हिमरश्मीले ल्यान्डमार्कलाई २०–१८ ले हरायो । हिमरश्मीकी सुनिशा मिश्रले ७ स्कोर गरिन् ।

विजेतालाई तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जुनियर ब्वाइजमा १० तथा सिनियर गल्र्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

त्यस्तै, हिमरश्मी र नेपाल राष्ट्रिय मावि प्रतियोगिताको भलिबलतर्फ ब्वाइजमा फाइनलमा प्रवेश गरेका छन् । कालीदेवी माविले तेस्रो स्थानमा चित्त बुझायो । 

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी भइरहेको प्रतियोगिताको गल्र्समा एन्जल्स हार्ट र मानसिंह धर्म मावि उपाधिका लागि भिड्ने भएका छन् । लालीगुराँस नेसनल एकेडेमीले तेश्रो स्थान हात पारेको हो । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update