काठमाडौँ । सहरी विकास मन्त्री सिता गुरुङले, सरकारले, सय वर्ष पुरानो प्रतिनिधि सभा भवन संरक्षण गर्ने तयारी गरिरहेको जानकारी दिएकी छिन् ।
बुधवार राष्ट्रिय सभा अन्र्तगत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा उनले, टेन्डर आह्वान गरीश्रोत सुनिश्चितता गरेर मंसिरबाट भवनलाई विगतमा जस्तो थियो सोही रुपमा संरक्षण गर्ने गरी तयारी गरिएको बताइन् ।
उनले भनिन्, ‘प्रतिनिधि सभाको पुरानो भवनको १०० वर्ष पुरानो इतिहासका कुराहरु जस्ताको त्यस्तै राख्ने विषयमा हामी सबै प्राविधिक हिसाबले र त्यसको महत्वको हिसाबले जस्ताको त्यस्तै राख्ने कोसिश गर्दैछौं । अहिले परामर्षको काम भइरहेको छ । यसको रिपोर्ट आएपछि अगाडी बढाउँछौं । टेन्डर आह्वान गरेर श्रोत सुनिश्चीतता गरेर मंसिरबाट यो कार्यलाई अगाडी बढाउन सक्छौ । पूर्ण रुपमा हिजो जस्तो थियो त्यसैलाई उजागर गर्ने तयारीमा छौं ।’
उनले ज्येष्ठ नागरिक आवास तथा अस्पतालको कुरामा पनि वहुवर्षिय स्रोत सुनिश्चित भएपछि प्रकृया अघि बढाउने तयारीमा रहेको बताइन् । श्रोत सुनिश्चित भएको दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने उनको दाबी छ ।
त्यस्तै ज्येष्ठ नागरिक आवास तथा अस्पताल निर्माणका लागि भने जग्गा एकिन हुन बाँकी रहेको उनले बताइन् ।