Odapalika - The Fourth Estate - चौथो अंग
मध्य माघसम्म रोकियो नायब सुव्बाको सरुवा र पदस्थापन 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगले सार्वजनिक गरेको विज्ञापनमा प्रभाव परेको भन्दै ततकालका लागि नायव सुव्वा र सो सरहमा कार्यरत कर्मचारहिरुको सरुवा र पदस्थापन कार्य रोकेको छ । 

मन्त्रालयले आगामी १५ माघसम्म राजपत्रअनंकित प्रथम श्रेणी (नायब सुव्बा) को सरुवा तथा पदस्थापन १५ माघसम्म रोक्ने निर्णय गरेको मन्त्रालयका शाखा अधिकृत हरिशरण न्यौपानेले जानकारी दिएका छन् । 

मन्त्रालयले लोकसेवा आयोगको वार्षिक कार्यतालिका अनुसार नायव सुव्बा वा सो सरहको पदमा प्रतिस्पर्धामार्फत खुल्ला तथा वढुवाका लागि विज्ञापन प्रकाशित हुने समयमा कर्मचार िसरुवा गर्दा समस्या देखिएको  भन्दै लोकसेवाका परीषा सम्पन्न नभएसम्मका लागि सरुवा र पदस्थापन रोकिएको जनाएको छ । 

हेर्नुहोस् सूचना 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update