Odapalika - The Fourth Estate - चौथो अंग
शतबिज छर्न गाउँपालिकाले दियो सार्वजनिक विदा 

काठमाडौंँ । ओखलढुंगाको लिखु गाउँपालिकाले शतबिज छर्न भन्दै आइतबार (पर्सी) गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

लिखु गाउँपालिका वडा नम्बर ६ मा रहेको सिद्धेश्वर महादेव मन्दिरमा बालाचतुर्दशीका दिन मेला लाग्ने गर्छ । सो दिन माटबेसी सिद्धेश्वर मेला पनि लाग्ने भन्दै पालिकाले गाउँपालिकाको कार्यालय, पालिकाभित्र रहेका सरकारी र नीजिसहितका कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष अशोककुमार कार्कीले बिज्ञप्ति नै निकालेर जानकारी गराएका छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update