Odapalika - The Fourth Estate - चौथो अंग
मिथुनलाई सन्तान सुख, तुलाको सुनौलो दिन बन्दा यस्तो छ अन्य राशिको आजको दिन

आजको पञ्चाङ्ग 

तिथि: त्रयोदशी, नक्षत्र: स्वाती, करण: गर, चन्द्रराशि: तुला, सूर्योदय: ६ः४५, सूर्यास्त: १७: ०७, दिनमान: २५: ५७ घटी, राहुकाल: दिउँसो ०४: ३० देखि ०६: ०० बजेसम्म । 

तपाईको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

आज तपाइलाई समयले साथ दिनेछ ।  रमाइलोसँग यात्रा पूरा हुनेछ । परिवार तथा सन्तानको खुसी छाउनेछ ।

वृष (इ उ ए ओ बा बि बु बे बो)

यात्रामा केही कष्ठ हुनेछ । साथीहरुसँगको मनोरञ्जनमा दिन बित्नेछ । स्वस्थ्यमा भने समस्या आउनसक्नेछ । शत्रुले खर्च गराउनेछन् । 

मिथुन (का कि कु घ ङ छ के को ह)

सन्तान सुख होला । तपाईँको खर्चिलो दिन हुनेछ । यात्रा तथा मनोरञ्जनपूर्ण दिन हुनेछ ।  आत्मबल भने बढ्नेछ ।

कर्कट (हि हु हे हो डा डि डु डे डो)

आज अचानक धनलाभ हुनेछ । गरेको कामबाट प्रशंसा र सम्मान प्राप्त हुनेछ । किनमेलमा समय खर्चिनु पर्नेछ । मातृसुख प्राप्त होला ।

सिंह (मा मि मु मे मो टा टि टु)

भाइबन्धुसँग खटपट हुनसक्ला । सामाजिक कार्यमा संलग्न भइनेछ । जोश जाँगरले कठिन काम सजिलै बन्नेछ । अरुलाई प्रभावमा राख्न सकिनेछ ।

कन्या (टो प पि पु ष ण ठ पो)

गरेको कामको राम्रो फाइदा  पाइएला । स्थायी धन संकलन हुनेछ । लेनदेनको कारण थोरै तनाव झेल्नुपर्ला । खर्च सही ठाउँमा होला ।  

तुला (र रि रु रे रो ता ति तु ते)

आजको दिन सुनौलो रहनेछ । कुनै नयाँ सामान प्राप्त हुने देखिन्छ । आजको यात्रामा सुखद हुनेछ । मान सम्मान प्राप्त हुनेछ । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आज तपाईँको बोलीको नै काम बिग्रने देखिन्छ । गरेको कामले पूर्ण सन्तुष्टि नदेला । बेलुकातिर भने मनोरञ्जनपूर्ण र रमाइलो दिन हुनेछ । 

धनु (ये यो भा भि भु ध फा ढा भे)

आज धनप्राप्ति हुने भएकाले काम बन्नेछ । कारोबारले सन्तुष्ट दिने देखिन्छ । नयाँ कार्य हुने देखिन्छ । यात्रा सुखद हुनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

आज जे गर्नुहुन्छ त्यो कामले सफल हुनेछ । खर्चिलो दिन होला । सोचविचार गरेर मात्र काम गर्नुहोला । रमाइलो भेटघाट हुनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

भाग्यले पूर्ण साथ दिनेछ । उपयोगी सामानको खरिद हुनेछ । महत्वपूर्ण कार्य बन्नेछन् । मन उत्साहितहुनेछ ।  

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आज सानासाना कुरामा विवाद हुनसक्छ । संयमता अपनाउनु पर्नेछ । धैर्यताको साथ लिएर काम गर्नुहोला । स्वस्थ्यमा गडबढी हुनेछ ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update