Odapalika - The Fourth Estate - चौथो अंग
ज्योतिषशस्त्र भन्छः कर्कटलाई चिठ्ठा पर्छ, तुलाको आम्दानी वढ्छ 

आजको पञ्चाङ्ग 

तिथि: चतुर्दशी, नक्षत्र: विशाखा, करण: भद्रा, चन्द्रराशि: वृश्चिक, सूर्योदय: ०६ः४५, सूर्यास्त: १७: ०८, दिनमान: २५: ५६ घटी, राहुकाल: दिउँसो ०९: ०० देखि १०: ३० बजेसम्म । 

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

काममा अवरोध सिर्जना होला । भाग्यले साथ दिँदैन । नरमाइलो अनुभूति भइरहला । स्वास्थ्यमा पनि समस्या झेल्नुपर्नेछ । 

वृष (इ उ ए ओ बा बि बु बे बो)

आजको दिन रमाइलो हुनेछ । भाग्योदय बृद्धि हुने, आकस्मिक लाभ हुने होला । खर्चको उचित व्यवस्थापनमा ध्यान जानेछ ।   

मिथुन (का कि कु घ ङ छ के को ह)

आत्मबलमा गिरावट आउनेछ ।  मन खिन्न रहला । मान,सम्मानमा आँच आउला । चोटपटक र शत्रुदेखि सतर्क रहनु पर्ने देखिन्छ । 

कर्कट ( हि हु हे हो डा डि डु डे डो)

कुनै चिठ्ठा वा पुरस्कार प्राप्त होला । इष्टमित्रसँग भेटघाट हुनेछ ।  धनप्राप्ति हुनेछ । सन्तानको खुशीले तनाव हट्नेछ ।  

सिंह (मा मि मु मे मो टा टि टु)

बुबाआमा तथा परिवारबाट सहयोग पूरा हुनेछ । तपाईँको मान, सम्मान हुनेछ । नयाँ योजनाहरु स्थापित हुनेछन्  । मित्र भेट हुने देखिन्छ ।

कन्या (टो प पि पु ष ण ठ पो)

आजको दिन धनसम्पत्तिलाई लिएर दाजुभाइसँग केही मनमुटाव होला । तपाईँको पराक्रमले काम बन्ने देखिन्छ । फजुलमा नसोचेको खर्च हुनेछ । 

तुला (र रि रु रे रो ता ति तु ते) 

आजको दिन बोलीमा माधुर्यता आउनेछ । यात्राबाट लाभ हुनेछ । मनोरञ्जनपूर्ण दिन बित्ने देखिन्छ । खर्चभन्दा आम्दानी बढी हुनेछ । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

मानसम्मानले तपाईँको खुसीको सीमा रहनेछैन । हरेक कुरामा साथीहरुको साथ रहनेछ । सही ठाउँमा आवश्यक मात्र खर्च हुनेछ ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

आजको दिन मन अस्थिर र चञ्चल रहला । सोचेभन्दा बढी खर्च हुनेछ । बसेको स्थान छोड्नुपर्ला । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

आज धन आगमन हुनेछ । तपाईँलाई दुःख दिनेहरु हार मान्नेछन् । समस्या सुल्झिनेछ । धैर्यताले काम गर्नुपर्ला ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

परिवारको सहयोगले सबै काम बन्नेछ । रमाइलो अनि सुखद यात्रा हुनेछ । आपूmले गरेको कर्मप्रति गर्व प्राप्त हुनेछ ।

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आज भाग्यले तपाईँलाई हर क्षेत्रमा साथ दिनेछ । नयाँ कार्यको अवसर मिल्नेछ ।  धार्मिक यात्राले मन प्रशन्न हुनेछ । 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update