Odapalika - The Fourth Estate - चौथो अंग
महालक्ष्मी नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु 

ललितपुर । महालक्ष्मी नगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिवारबाट सुरु भएको छ । 

शनिवार भव्य समारोहबीच बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री एवं प्रदेश सभा सदस्य रामेश्वर श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेकाछन् । 

प्रतियोगितामा ४ वटा विधामा ४० विद्यालयका १ हजार ४५० खेलाडी विद्यार्थी सहभागी छन् । कार्यक्रम मंसिर २४ गते देखि २६ गते सम्म संचालन हुने छ ।

महालक्ष्मी नगर स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपलक्ष्यमा नगरपालिका क्षेत्रमा रहेका विद्यालयले नगरको शोक स्तुपादेखि लुभु देबिस्थानसम्म प्रभातफेरि गरेका छन् । 

बिजयी टीमलार्ई शिल्ड, प्रमाणपत्र र पुसरुकारको व्यवस्था गरिएको मेयर हरिगोबिन्द श्रेष्ठले जानकारी दिए । प्रतियोगिता ३ दिनसम्म चल्ने बताइएको छ । 

mahalaxmu-cup 11702260904.jpg

mahalaxmu-cup 11702260904.jpg

mahalaxmu-cup1702260906.jpg

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update