Odapalika - The Fourth Estate - चौथो अंग
सेनाले बनाएको हेलिप्याड बेनी नगरपालिकालाई हस्तान्तरण 

म्याग्दी । नेपाली सेनाले म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा बनाएको नवनिर्मित हेलिप्याड नगरपालिका र वडालाई हस्तान्तरण गरिएको छ । 

नेपाली सेनाको जनशक्ति तथा प्राविधिकको सहयोगमा बनाइएको हेलिप्याड म्याग्दीको बेनी नगरपालिका र वडा कार्यालय पुलाचौरलाई हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ । नागरिक र सैनिकबीचको सम्बन्ध अझ सुमधुर तथा प्रगाढ बनाउन र विपद् व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले हेलिप्याड बनाइएको सेनाको भनाइ छ  ।

नेपाली सेना पश्चिम पृतना हेडक्वाटरको ‘एक आर्थिक वर्ष, एक युनिट, जोडी हेलिप्याड निर्माण’ कार्ययोजना अन्तर्गत नागरिकमैत्री हेलिप्याड बनाइएको नेपाली सेनाले जनाएको छ । 

हेलिप्याड निर्माणकार्यमा बेनी नगरपालिका र वडा कार्यालय पुलाचौरले आर्थिक व्यवस्थापन गरेका थिए । नवनिर्मित हेलिप्याडको पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी दिपककुमार बानियाँ र म्याग्दीको बेनी नगरपालिकाका मेयर सुरत केसीले आइतवार एक समारोहबीच संयुक्त रुपमा उद्घाटन गरे ।

समुद्री सतहदेखि १७ सय १० मिटरको उचाइमा निर्माण गरिएको हेलिप्याडको डायमिटर ४० फिट छ । हेलिप्याडमा साना, मझौला र एमआई सेभेन्टिनलगायत हेलिकप्टरहरु सजिलै अवतरण गर्न सक्ने नेपाली सेनाले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update