Odapalika - The Fourth Estate - चौथो अंग
रङ्गशालामा बालेनलाई ५ गोल 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको टीमबीच मैत्रीपूर्ण फुटबलमा नगर प्रमुखको टीम पराजित भएको छ । 

२९औँ महानगर दिवस २०८० का अवसरमा दशरथ रङ्गशालामा आयोजना गरिएको खेलमा जनप्रतिनिधिको नेतृत्व प्रमुख बालेन्द्र शाह (बालेन) र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गरेका थिए । 

खेलमा कर्मचारीकातर्फबाट जीवन थापाले ३ गोल र सविन लामाले २ गोल गरे भने जनप्रतिनिधिका तर्फबाट प्रेम थापाले १ गोल र नविन भण्डारीले २ गोल गरे ।

404172586_697027245860835_7629587333786782512_n1702290517.jpg

खेलको शुरुवात गर्दैै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्ले रेफ्री ओम न्पौपानेलाई र रेफ्री न्यौपानेले महानगरका प्रमुख शाह र उपप्रमुख एवं महानगर दिवस मूल समारोह समितिकी संयोजक सुनिता डंगोललाई फुटबल हस्तान्तरण गरेका थिए ।

महानगर दिवसका कार्यक्रमअन्तर्गत २७ गते बाँसुरी बादन प्रतियोगिता, २८ गते गुरु सम्मान र २९ गते मूल समारोह हुनेछ । 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update