Odapalika - The Fourth Estate - चौथो अंग
फुटपाथ व्यवसायी हटाएको विरोधमा ललितपुर महानगरमा पनि उभिएर बिरोध गर्ने अभियन्ता ईः को घोषणा 

ललितपुर । ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेल क्षेत्रका सडक पेटी र फुटपाथमा पसल राख्न रोकेपछि सामाजिक अभियन्ता ईः उभिएर विरोध जनाउन ललितपुर पुग्ने भएका छन् । 

यसअघि काठमाडौँ महानगरको फुटपाथ व्यापारी हटाउने निर्णयविरुद्ध पनि उनले लामो समय महानगर अघि उभिएर विरोध प्रर्दशन गरेका थिए । 

उनको यो विरोधपछि महानगरले फुटपाथ व्यापारीलाई व्यवस्थित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अघि वढाइसकेको छ । 

काठमाडौँ महानगरले आइतवारबाट मंगलबजारदेखि लगनखेलसम्मको क्षेत्रमा फुटपाथ व्यवसाय गर्न नदिने निर्णय कार्यान्वयन थालेको छ । 

सडक छेउका सटर व्यवसायीले सटरको छेउका खाली जग्गा २० हजार रुपैयाँसम्म लिएर फुटपाथ व्यवसाय गर्नेलाई भाडामा लगाएको र ती स्थानमा व्यापारीहरुको बाक्लो उपस्थितिका कारण सडक र सौन्दर्य अस्तव्यस्त भएको भन्दै महानगरले आइतबारबाट फुटपाथमा पसल राख्न दिएको छैन । 

महानगरको यो निर्णय विरुद्ध सामाजिक अभियन्ता ईःले ललितपुर उभिएर विरोध जनाउने घोषणा गरेका हुन् । 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update