Odapalika - The Fourth Estate - चौथो अंग
४ प्रदेशमा भारी वर्षाको चेतावनी 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

आज (बिहीबार) देशभरको मौसम सामान्य बदली रहने छ । अहिले मधेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देश भरको मौसम सामान्य बदली रहि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमप्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने तथा बाँकी प्रदेशका पहाडी भुभागमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । 

राति देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना छ । देशका बाँकी अन्य स्थानका पहाडी भु–भागमा पनि हल्का वर्षाको सम्भावना छ ।

देशका कतिपय स्थानमा भारी वर्षाको कारण बाढी पहिरोले जस्ता विपत्तिले मानवीय र भौतिक क्षति हुन सक्ने भन्दै महाशाखाले सर्तकता अपनाउन सबैमा आग्रह पनि गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०७:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update