Odapalika - The Fourth Estate - चौथो अंग
पशुपतिनाथमा आज देखाइयो नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख 

काठमाडौँ । आज सर्वसाधारणलाई पशुपतिनाथको भण्डारमा रहेका बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख देखाइएको छ ।

पशुपतिनाथमा बहुमूल्य वस्तुहरु नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख सुरक्षित रुपमा राखिएको छ भने हरेक वर्ष मंसिर कृष्ण त्रयोदशीका दिन ती बस्तुहरु देखाउने प्रचलन छ । सोही प्रचलन अनुसार सर्वसाधारणलाई नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख देखाइएको हो । आज विहान ८ बजेदेखि एक दिनका लागि ती वस्तुहरु प्रदर्शन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

उनका अनुसार मंसिर कृष्ण पक्षको औँसीका दिन आज भने अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनेर देखाउने परम्परा छ । यस वर्ष त्रयोदशीका दिन गत आइतबार नागरिकका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो । 

बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्खलाई आज भण्डारको तेस्रो तलामा राख्नुअघि बिहान १० बजेअगावै पशुपतिनाथमा बाला चतुर्दशीका दिन मेलामा आएका भक्तजनका लागि सुरक्षित छ भनी देखाइएको कार्यकारी निर्देशक डा. खतिवडाले बताए ।

बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख हरेक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकारवाला निकायको रोहवरमा बुझाउने गरिन्छ । भण्डारी परिवर्तन हुँदा भने यी सामग्री भण्डारभित्र नै रोहवरमा राख्ने गरिन्छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update