Odapalika - The Fourth Estate - चौथो अंग
अभियन्ता ईःलाई लतिपुर महानगरमा हातपात

काठमाडौँ । अभियन्ता ईःलाई ललितपुर महानगरपालिका अगाडि हातपात भएको छ । 

ललितपुर महानगरपालिका अगाडि प्रदर्शन गर्न उभिएका अभियन्ता ईःलाई स्थानीयले अवरोध गर्दै हातपातसमेत गरेका हुन् ।

मंगलबार दिउँसो ३ बजे अभियन्ता ईःले ललितपुर महानगरले फुटपाथ व्यवसाय गर्न नदिने निर्णय गरेको भन्दै प्रदर्शन गर्न महानगर अगाडि पुगेका थिए। 

उनले प्रदर्शन गर्न लागेपछि स्थानीयहरूले पनि फुटपाथमा व्यवसाय गर्न नपाउने भन्दै प्रदर्शन गर्न पुगेका थिए ।

त्यसक्रममा प्रदर्शन गरिरहेका स्थानीयले ईःलगायत प्रदर्शनकारीले बोकेको पम्प्‍लेट च्यातेका छन्। यस्तै, आक्रोशित भिडले अभियन्ता ईःलाई आक्रमण समेत गरेका छन् । यसरी आक्रमण भएपछि उनलार्य प्रहरीले प्रहरी प्रभाग पुल्चोकमा लगेको छ। 

ललितपुर महानगरपालिकाले गत आइतबारदेखि मंगलबजार–लगनखेल क्षेत्र फुटपाथ पसल निषेधित क्षेत्र तोकेको थियो। फुटपाथ व्यवसायीहरू बढेको भन्दै महानगरले उक्त क्षेत्रमा निषेधित क्षेत्र तोकेको हो। 

त्यसरी निषेधित क्षेत्र तोकेपछि ईःले सोमबार सामाजिक सञ्जालमा लेख्दै आफू १०८ मिनेट उभिने बताएका थिए। स्थानीयहरूले पनि प्रदर्शन गर्न फ्लेक्स, पम्प्लेट बोकेर आएका थिए।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update