Odapalika - The Fourth Estate - चौथो अंग
साल्पासिलिछो गाउँपालिकाका ग्रामीण बस्तीमा प्रसूति सेवा 

काठमाडौँ । भोजपुरको साल्पासिलिछो गाउँपालिकाको खाटम्मामा प्रसूति सेवा केन्द्र स्थापना गरिएको छ । 

घरमा हुने जन्मदरलाई घटाउँदै सुरक्षित मातृत्व सेवा प्रदान गर्ने उद्देक्ष्यले सो ठाउँमा प्रसूति सेवा केन्द्र स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । 

प्रसूति सेवा केन्द्रमा ग्रामीण भेगका गर्भवती तथा सुत्केरीलाई सेवा प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिए । भविष्यमा सेवा विस्तार गरिने उनको भनाइ छ । प्रसूति सेवा केन्द्र स्थापनापछि मातृ मृत्युदर र शिशु मृत्युदर घट्ने पाकिलाको विश्वास छ ।

सेवा सञ्चालन गर्न दुई अनमी र दुई अहेबको दरबन्दी सिर्जना गरिएको गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङ बताउँछन् । 

विगतमा  यहाँका नागरिकलाई प्रसूति सेवा लिन टाढा टाढाका स्वास्थ्य संस्था धाउनु पर्ने वाध्यता थियो । अब गाउँमै प्रसुति सेवा पाउन भएपछि  स्थानीय खुसी भएका छन् । वडामै प्रसूति सेवा केन्द्र स्थापनाले सेवा लिन सहज भएको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update