Odapalika - The Fourth Estate - चौथो अंग
हत्या अभियोगमा निलम्बित सांसद कोइरीविरुद्ध ९ बर्षपछि सुनुवाइ सुरु 
पति हत्याका अभियुक्तविरुद्धको मुद्धा सुनुवाईका क्रममा महोत्तरी जिल्ला अदालत परिसरमा असइ पत्नी शोभा

महोत्तरी । मधेश आन्दोलनको समयमा असई थमन विकलाई लखेटी(लखेटी हत्या गरेको ९ बर्षपछि जिल्ला अदालत महोत्तरीमा सुनुवाई प्रारम्भ भएको छ ।

सोमवारदेखि सुरु भएको बहस कै क्रममा मृतक विक कि पत्नी सोभा  आफ्नो ११ वर्षीय छोरासगैँ जिल्ला अदालतमा न्यायको आश लिएर उपस्थित भएकी छन् । यो बहस निष्कर्षमा नपुुेन्जेल जारी रहने जिल्ला अदालर महोत्तरीले जनाएको छ ।

विक  हत्याका अभियुक्त संघीय सांसद लक्ष्मी महतो कोइराी हाल फरार छन् ।  हत्या आरोप लागेका आरोपित कोइरीलाई जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेको लामो सयमपछि मुद्धाको अन्तिम सुनुवाई सुरु भएको हो । 

अघि जिल्ला अदालतले धरौटीमा छाडन आदेश दिएका कोइरीलाई जनकपुर उच्च अदालतले भने  थुनामा राखेर मुद्धाको पुर्पक्ष गर्न आदेश दिएको थियो । तर त्यसवेलासम्ममा उनी स.घीय संसदमा निर्वाचित भइ सपथग्रहणसमेत गर्न भ्याइसकेका थिए । प्रहरीले खोजी गर्न थालेपछि भने उनी हाल फरार छन् । 

अदालतले समेत फरार सुचिमा राखिरहेको वेला मनोनयनको अघिल्लो रात नेकपा एमालेवाट टिकट लिएर कोइरी निर्वाचित भएका थिए । संसदले फौजदारी अभियोग लागेका निलम्बन गरेपछि कोइरी फरार छन् । 

पतिको हत्या हुदा ३ बर्ष रहेका छोरालाई साथमा लिएर थमन पत्नी जिल्ला अदालतको सुनुवाईमा आएकी हुन् । 

‘विभिन्न जिल्ला र अदालतमा आशा जगाउने फैसला पनि भएका छन्, जिल्ला अदालत महोत्तरीले पनि न्याय दिने आशा पलाको छ, उनले वडापालिकासँग भनिन् । 

मधेश आन्दोलनको समय २०७२ सालमा आन्दोलनकारीहरुको झडपका क्रममा घाईते असई विकलाई उपचारको लागि जनकपुर लैजाने क्रममा गर्दै एम्बुलेन्सवाट थुतेर धानवारीमा लगेर हत्या गरिएको थियो ।

उक्त घटनाका मुख्य योजनाकार भनिएका लक्ष्मी महतो कोइरी पक्राउ पर्न नसकेपछि लक्ष्मी संघीय  राजधानी काठमाडौँ हुँदै महोत्तरी आइपुगेकी हुन् ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update