Odapalika - The Fourth Estate - चौथो अंग
लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा : बोनस र नगद कति ?

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

सूचना अनुसार बैंकले ७ प्रतिशत बोनश शेयर र ० दशमलव ३७ नगद गरी कुल ७ दशमलव ३७ प्रतिशत लाभांश घोषणा गरेको छ । 

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुने छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १०:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update