Odapalika - The Fourth Estate - चौथो अंग
ग्राउण्ड ह्याण्डलिङ खोस्ने क्यानको निर्णयमा निगम कर्मचारी असन्तुष्ट, आठौँ दिनपनि आन्दोलन जारी

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा आवद्ध कर्मचारीहरु आन्दोलीत बनेका छन् । नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको बिरुद्ध आन्दोलीत बनेका कर्मचारीहरुले ८ औँ दिनदेखि आन्दोलन गर्दै आएका हुन् ।  

प्राधिकरण द्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको बिरुद्ध संयुक्त ट्रेड युनियन संघर्ष समितिले धर्ना तथा बिरोधको कार्यक्रम जारी राखेको हो । बुधवार पनि समितिले धर्नालाई यथावत राखेको हो । 

प्राधिकरणको सो निर्णय फिर्ता नहुञ्जेलसम्म विरोधका कार्यक्रम जारी रहने संघर्ष समितिले जनाएको छ । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल वायुसेवा निगम कर्मचारी युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष डा. ऋषिकेश पन्थीले निजी हवाईजहाजसँग कमिसन खाएर राष्ट्रिय ध्वजावाहक जहाजलाई कमजोर बनाउन नहुने बताए । 

उनले नेपाल वायुसेवा निगमले कमाएको पैसा मुलुकभित्रै परिचालन हुने र पुँजी पलायन नहुने भन्दै यसले अर्थतन्त्रको विकासमा सघाउ पु¥याउने दाबी गरे ।  आफूहरुले पूँजि पलायन रोक्नका लागि आन्दोलन गर्नुपरेको बताउँदै उनले आफूहरुको आन्दोलन राष्ट्रियताको आन्दोलन भएको पनि उल्लेख गरे ।

उनले आफूहरु विगत ८ दिनदेखि आन्दोलित हुँदापनि विभागिय मन्त्रीले कुनै चासो नदेखाएको बताए । उनले आफूहरुको माग सम्बोधनका लागि सरकार र विभागिय मन्त्री जिम्मेवार नबनेको भन्दै निरन्तर आन्दोलनमा जाने राख्ने दाबी समेत गरे । 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update