Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्रीलाई चामल उद्योगीको चेतावनी : सरकारले भन्सार छुटमा धान आयात नगरे चामलको मूल्य बढ्छ

काठमाडौँ । चामल व्यवसायीहरुले चारतबाट भन्सार छुटमा धानको आयात नगरे नेपालमा चामलको मूल्य बढ्ने बताएका छन् । 

भारत सरकारले चामल निर्यातमा थप भन्सार शुल्क लाग्दा त्यसको प्रत्यक्ष असर उपभोक्ताको भान्छामा पर्ने भन्दै नेपाल चामल तेल दाल उद्योग संघका अधिकारीहरुले भन्सार छुटमा धान आयात गर्न सरकारलाई आग्रह गरेका हुन् । 

संघका अध्यक्ष कुमुदकुमार दुगडको नेतृत्वमा मंगलबार गएको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्रि रमेश रिजाल, बाणिज्य तथा आपूर्ति सचिब नारायणप्रसाद शर्मा दुवाडी लगायत उच्च तहका कर्मचारीलाई भेट गर्दै स्वदेशी चामल मिलहरुको हालको अवस्था र धानको पर्यात्तता सम्बन्धमा जानकारी गराएको थियो । 

उक्त भेटमा नेपाल सरकारले तत्काल १० लाख मेट्रिक टन मसिनो धानको आयात नगरे भोलिका दिनमा चामलको मूल्य बढ्ने सम्भावना देखिएको विषयमा जानकारी गराईएको संघले जनाएको छ । संघका अनुसार नेपालमा मसिनो धान उत्पादनमा कमी आउँदा भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ । 

यस्तो छ उद्योगीले राखेको माग :

नेपालमा उत्पादन हुने धानले मात्र यहांको मागलाई धान्न नसक्ने हुंदा भारतबाट धान आयात गर्नुपर्ने नेपालको बाध्यता हो । भारत सरकारले निकासीमा २० प्रतिशत भन्सार महसुल लगाउदा त्यसको प्रत्यक्ष असर नेपाललाई परेको छ । गत बर्षको तुलनामा यस बर्ष धानको मुल्य सिजनमानै प्रति के.जि. रु. १० ले बढि सकेको छ भने धानको मुल्य अझ बढने देखिन्छ । भारतबाट २० प्रतिशत भन्सार महसुल तिरेर धान खरिद गर्दा प्रति के.जी. रु. ५० पर्छ भने भन्सार छुट सुबिधामा धान आयात गर्दा प्रति के.जी.रु. ४२ पर्छ । यसो हुंदा धानको मुल्य प्रति के.जी रु.८ फरक पर्न जान्छ भने चामलको मुल्यमा रु. १६ को फरक पर्न जान्छ । मुल्यमा यति धेरै फरकले गर्दा भन्सार छली नेपाल भित्रिएको धान र चामलसंग नेपाली उत्पादनले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने हुंदा चामल मिलमा लागेको अरबौको स्वदेशी लगानी जोखिममा पर्न जान्छ । 

२. भारतले धान निकासीमा २० प्रतिशत भन्सार महसुल लगाएको छ भने नेपाल भन्सारमा ५ प्रतिशत कृषि सुधार शुल्क लाग्छ । अब चामल आयातमा २५ प्रतिशत भन्सार महसुल लाग्ने भएकोले भारतबाट सहुलिएत दरमा धान ल्याउन सकिएन भने चामलको मुल्य आकासिने सम्भावना छ । अरबौंको लगानीमा स्थापना भएका दैनिक जिवनमा अत्यावश्यक खाद्य बस्तु चामलको नेपाली उत्पादन बन्द हुने अवस्था त छदैछ आमउपभोक्ता समेत ठुलो मारमा पर्ने भएकोले स्वदेशी चामल उद्योग संरक्षण गरी दिन यस संघ अनुरोध गर्दछ ।   

३. चामल उद्योगले धान प्रसोधन गरी चामल उत्पादन संगै सह उत्पादनहरु भुस, उद्योगको इन्धनको रुपमा प्रयोगहुने  (बोईलर प्लान्ट), कनिका, पशुपन्छिका दाना, दाना उद्योग, डिस्ट्रिीलरी र स्न्याक्सहरुको कच्चा पदार्थ यी सबै चामल उद्योगकै उत्पादनमा भर पर्ने हुंदा सबैलाई प्रत्यक्ष मर्का पर्छ र चामल उद्योग संगै यी उद्योगहरुबाट देशको अर्थतन्त्र, रोजगारी र देशको राजश्वमा समेत प्रत्यक्ष असर पर्छ ।  

४. अहिले नेपालमा भएको धान र उद्योगले खरिद गरेर गोदाममा राखेको धानले लगभग ३ महिनालाई मात्र चामल उपलब्ध गराउन सक्ने हुंदा बेलैमा धान उपलब्ध गराई समस्या समाधानमा पहल गरी दिन नेपाल सरकार लगाएत सबै क्षेत्रलाई संघको अनुरोध छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update