Odapalika - The Fourth Estate - चौथो अंग
सिम्रौनगढ नगरपालिकामा चल्यो गोली, एक जनाको मृत्यु 

काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने क्रममा भएको विवादपछि भएको झडपमा परेर एक जनाको ज्यान गएको छ । 

नगरपालिकाका मेयर किशोरी शाहले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई हाजिर गराउन नगरपालिका लैजान खोज्दा स्थानीय शिक्षक, कर्मचारी र स्थानीयबासीसँग विवाद वढेपछि झडप भएको हो । 

झडपपछि प्रहरीले चलाएको गोलीबाट घाइते भएका १ जनालाई नारायणी अस्पतालले मृत घोषणा गरेको छ भने मृतकको पहिचान खुलेको छैन । दोहोरो झडपमा १० जना भन्दा वढी घाइते भएको बताइएको छ । 

नगरसभा बस्ने विषयमा भएको विवादका कारण लामो समयदेखि यो नगरपालिकाका विद्यालय र स्वास्थ्य सेवा ठप्प छ । 

शिक्षक र कर्मचारीले तलव नपाएको भन्दै ५ महिनायता आन्दोलन गरेपछि नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको हो । कर्मचारी र शिक्षकले मेयरमाथि आक्रमण गर्न खोजेपछि स्थिति नियन्त्रण लिन गोली चलाउनु परेको प्रहरीको भनाइ छ । प्रहरीकाअनुसार अहिले नगरपालिकाको अवस्था सामान्य बन्दै छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update