Odapalika - The Fourth Estate - चौथो अंग
पश्चिमी वायुको प्रभावः तराईमा हुस्सु, काठमाडौंमा चिसो 

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । 

आज तराईमा हुस्सु तथा कुहिरो लागेको छ । काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ । 

आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ ।

राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update