Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरका सार्वजनिक स्थलमा चुरोट नखानुहोला, ५० जना प्रहरी तपाईंलाई खोज्दैछन्

काठमाडौँ । काठमाडौं महानगपालिकाले महानगरभित्र सुर्तिजन्य पदार्थ बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउँदै नियनत्रणका लागि  ५० जना नगर प्रहरी परिचालन गर्ने भएको छ । 

काठमाडौं महानगरपालिका, जनस्वास्थ्य ऐन र सुर्तीजन्य पदार्थ निरूपण र नियमन ऐनअनुसार सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा नियमन र नियन्त्रण गर्न लागिएको महानगरको दाबी छ । 

वुधबार महानगरले पत्रकार सम्मेलन गर्दै आफ्नो क्षेत्रभित्रका पसलको अनुगमन गर्दा सुर्तीजन्य पदार्थ भेटिएमा दुई पटकसम्म जफत गर्ने र तेस्रो पटकमा पसल नै बन्द गरिने चेतावनी दिएको छ । 

सार्वजनिक स्थलको १ सय मिटर वरपर बसेर धूमपान गरेको भेटिए १०० रुपैयाँ जरिमाना गर्ने जनाएको छ । तर, काठमाडौं महानगरपालिकाले चालेको यो कदमप्रति व्यवसायी भने असन्तुष्ट देखिएका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update