Odapalika - The Fourth Estate - चौथो अंग
ब्याजदर घटाउँदै बैंक, अब कुनको कति ? 

काठमाडौँ । आधा दर्जनभन्दा बढी वाणिज्य तथा विकास बैंकहरुले ब्याजदर घटाउन थालेका छन्् । बैंकसँग पर्याप्त तरलता रहेको भन्दै पछिल्लो समय बैंकहरुले ब्याजदर घटाउन थालेका हुन्।

बिहीबार बिहानसम्म एनआईसी एशिया बैंक, कुमारी बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र गरिमा विकास बैंकले ब्याजदर घटाएका छन् । यस्तैगरी, महालक्ष्मी विकास बैंकले पनि ब्याजदर घटाएको सूचना जारी गरेको छ । 

एनआईसी एशिया बैंकले पुस १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाएको छ । बैंकले साधारण बचत खातामा न्यूनतम ४.४५५ प्रतिशत, मुुद्दति निक्षेपमा संस्थागततर्फ ६.६७ प्रतिशत र व्यक्तिगततर्फ ८.६७ प्रतिशत ब्याजदर तोकेको छ । 

यसअघि मंसिरसम्म साधारण बचतमा न्यूनतम ४.५८५ देखि अधिकतम ६.५८५ प्रतिशतसम्म, मुद्दति निक्षेपमा संस्थागततर्फ ६.९६८ प्रतिशत र ब्यक्तिगततर्फ ८.९६८ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । यस्तैगरी, बैंकले कर्जा प्रवाह गर्दा आधारदरमा अधिकतम ३ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । 

कुमारी बैंकले मंसिर २४ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले साधारण बचत खातामा न्यूनतम ५.७१० देखि अधिकतम ६.७१० प्रतिशतसम्म, मुद्दति निक्षेपमा संस्थागततर्फ ७.६१० प्रतिशत र ब्यक्तिगततर्फ ९.६१० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साधारण बचत खातामा न्यूनतम ५.५१० प्रतिशतदेखि अधिकतम ७.५१० प्रतिशतसम्म, मुद्दति निक्षेपमा संस्थागततर्फ ७.६१० प्रतिशत र ब्यक्तिगततर्फ ९.६१० प्रतिशत ब्याजदर तोकेको थियो । 

एनएमबि बैंकले मंसिर २५ गतेदेखि लागू हुने गरी साधारण बचत खातामा न्यूनतम ४.६० देखि अधिकतम ६.६० प्रतिशत, मुद्दति निक्षेपमा संस्थागततर्फ ७ प्रतिशत र ब्यक्तिगततर्फ ९ प्रतिशत ब्याजदर ब्याजदर तोकेको छ । यसअघि साधारण बचत खातामा न्यूूनतम ५.६०३ प्रतिशतदेखि अधिकतम ६.६०३ प्रतिशत, मुद्दति निक्षेपमा संस्थागततर्फ ७.७६ प्रतिशत र ब्यक्तिगततर्फ ९.७६ प्रतिशत ब्याज दिएको थियो । 

माछापुच्छ्रे बैंकले मंसिर २६ गतेदेखि लागू हुने गरी साधारण बचत खातामा न्यूनतम ४.६० देखि अधिकतम ७.६० प्रतिशत, मुद्दति निक्षेपमा संस्थागततर्फ ७.६० प्रतिशत, ब्यक्तिगततर्फ ९.६० प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १०.६० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साधारण बचत खातामा न्यूनतम ५.६०३ देखि अधिकतम ८.६०३ प्रतिशत, संस्थागततर्फ ८.६०३ प्रतिशत, ब्यक्तिगततर्फ १०.६०३ प्रतिशत र रेमिट्यान्स खातामा ११.६०३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

सांग्रिला डेभलपमेन्ट बैंकले मंसिर २७ गतेदेखि लागू हुनेगरी साधारण बचत खातामा न्यूनतम ४.८० देखि अधिकतम ६.८० प्रतिशत, मुद्दति निक्षेपमा संस्थागततर्फ ७.५५ प्रतिशत र ब्यक्तिगततर्फ ९.५५ प्रतिशत निर्धारण गरेको छ । यसअघि बैंकले साधारण बचत खातामा न्यूनतम ५.६० देखि अधिकतम ७.६० प्रतिशत, मुद्दति निक्षेपमा संस्थागततर्फ ८.६० प्रतिशत र ब्यक्तिगततर्फ १०.६० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । 

यस्तैगरी, बैंकले सुनौलो रेमिट्यान्स खातामा भने ७.८० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि उक्त खातामा ८.६० प्रतिशत रहेको थियो । 

गरिमा विकास बैंकले मंसिर २७ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर घोषणा गरेको छ । बैंकले गरेको घोषणा अनुसार साधारण बचत खातामा न्यूनतम ४.४० देखि अधिकतम ६.४० प्रतिशत, रेमिट्यान्स खातामा भने ७.४० प्रतिशत, मुद्दति निक्षेपमा संस्थागततर्फ ७.४० प्रतिशत, ब्यक्तिगततर्फ ९.४० प्रतिशत र रेमिट्यान्स मुद्दतीमा १०.४० प्रतिशत तोकेको छ । 

यसअघि साधारण बचत खातामा न्यूनतम ४.७५देखि अधिकतम ६.७५ प्रतिशत, रेमिट्यान्स बचत खातामा ७.७५ प्रतिशत, मुद्दति निक्षेपमा संस्थागततर्फ ७.७५ प्रतिशत, ब्यक्तिगततर्फ ९.७५ प्रतिशत तथा रेमिट्यान्स मुद्दती खातामा १०.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

महालक्ष्मी विकास बैंकले मंसिर २८ गतेदेखि लागू हुुनेगरी ब्याजदर घटाएको छ । बैंकले सार्वजनिक गरेको सूचना अनुसार साधारण बचत खातामा न्यूनतम ४.३० देखि अधिकतम ६.३० प्रतिशत, मुद्दति निक्षेपमा संस्थागततर्फ ७.३० प्रतिशत र ब्यक्तिगततर्फ ९.३० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले साधारण बचत खातामा न्यूनतम ४.४० प्रतिशतदेखि अधिकतम ६.४० प्रतिशत, मुद्दति निक्षेपमा संस्थागततर्फ ७.४० प्रतिशत र ब्यक्तिगततर्फ ९.४० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update