Odapalika - The Fourth Estate - चौथो अंग
अन्ततः ३० लाख धरौटीमा छुट्ने भए बालकृष्ण खाँण 

काठमाडौँ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँणलाई धरौटीमा छोड्न आदेश दिएको छ । 

यसअघि उच्च अदालतका २ जना न्यायाधीशको इजलासमा राय बाझी भएपछि आज तेस्रो न्यायाधीशको एकल इजलासमा सुनुवाई भएको हो । 

उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले यसअघि ३० लाख रुपेयाँ धरौटी लिएर तारेखका रिहा गर्न दिएको आदेशलाई सदर गरेपछि खाँण छुट्ने भएका हुन् । 

जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाँणलाई छाड्ने विषयमा मङ्सिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएको थियो । १५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update