Odapalika - The Fourth Estate - चौथो अंग
आजको मौसमः पहाडी भूभागमा पानी, तराईमा बाक्लो हुस्सु

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली  रही तराईका केही भूभागमा हुस्सु लागेको छ । 

आज दिउँसो सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update