Odapalika - The Fourth Estate - चौथो अंग
ज्यातिषशास्त्रअनुसार यी ८ राशिको हुनेछ आज भाग्योदय 

आजको पञ्चाङ्ग 

तिथि: तृतीया, नक्षत्र: पूर्वषढा, करण: तैतिल, चन्द्रराशि: मकर, सूर्योदय: ०६ः४८, सूर्यास्त: १७: ०९, दिनमान: २५: ५२ घटी, राहुकाल: बेलुका १०ः३० देखि १२ः०० बजेसम्म । 

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

तपाईको आज अनुकूल समय हुनेछ । मान,सम्मान प्राप्त हुनेछ । सुखपूर्वक दिन बित्नेछ । कर्म प्रप्तिको योग रहेको छ ।

वृष (इ उ ए ओ बा बि बु बे बो)

आज वृष राशिको लागि भाग्योदयको समय छ । सुनौलो यात्रा हुनेछ । कामगर्दा सफलता पाइनेछ । 

मिथुन (का कि कु घ ङ छ के को ह)

आजको दिन त्यति फलदायक छैन । रमाइलोसँग भेटघाटमा दिन बितेपनि स्वास्थ्यमा समस्या हुनेछ । गरेका कामले सन्तुष्टि दिनेछैन । हानी हुन सक्नेछ ।

कर्कट  (हि हु हे हो डा डि डु डे डो)

आज गरेका कार्यले आत्मिक सुख हुनेछ । यात्राको सुखद अनुभव पाइएला । सेवागर्ने अवसर मिल्नेछ । परिवारसँगको सामिप्यताले आनन्दित बनाउनेछ । 

सिंह (मा मि मु मे मो टा टि टु)

नयाँ कामको थालनी आज नगर्नुहोला । कामले पूर्णता  पाउनेछैनन् । भाग्यले पनि साथ नदेला । शत्रुदेखि सतर्क रहनु पर्नेछ । 

कन्या (टो प पि पु ष ण ठ पो)

आत्मविश्वासका साथ काम गर्दा राम्रो हुनेछ । वादविवादमा तार्किक कुराले जित्न सकिन्छ । स्वस्थ्यमा सुधार हुनेछ । सन्तान सुख पाइनेछ । 

तुला  (र रि रु रे रो ता ति तु ते)

आजको दिन धन हानी होला । रमाइलोमा खर्च गर्दा सतर्क हुनुपर्नेछ । मातृसुख पाइन्छ । मित्र भेटले मन खुसी रहनेछ ।     

वृश्चिक (तो नानि नु ने नो या यि यु)

आज तपाईँको दिन अनुकूल देखिन्छ । गरेको काममा भाइबन्धुको साथ पाइन्छ । बुद्धिमतापूर्वक सोचेर गरेको कामले सम्मान प्राप्त हुनेछ । 

धनु  (ये यो भा भि भु ध फा ढा भे)

राम्रो समय रहेकाले मान,सम्मान बढ्नेछ । धन प्राप्त हुने देखिन्छ । तपाईँको निर्णायक क्षमताको प्रशंसा हुनेछ ।

मकर (भो जाजि जु जे जो खा खि खु खे खो गा गि)

मान बढ्ने योग देखिन्छ । पहिले गुमाएको वस्तुप्राप्त हुनेछ । भेटघाट र रमाइलोमा समय बित्नेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

आजको यात्रा कष्टकर नै हुनेछ । साथीभाई प्रति सामान्य विवाद हुनेछ । सोचेभन्दा बढी खर्च हुने देखिन्छ । 

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आजको दिन फलदायक हुनेछ । गरेको कामबाट प्रशस्तै फाइदा हुनेछ । आर्थिकरुपमा पनि सबल देखिन्छ । सुखद र रमाइलो यात्रा हुनेछ ।  

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  ०७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update