Odapalika - The Fourth Estate - चौथो अंग
२९औँ स्थापना दिवस मनाउदै काठमाडौँ महानगरपालिका 

काठमाडौँ । काठमाडौँ महानगरपालिका २९औँ वर्षमा प्रवेश गरेको छ । २९औँ वर्ष लागेको अवसर पारेर महानगरले आज काठमाडौँको राष्ट्रियसभामा महानगर दिवसको औपचारिक कार्यक्रम गर्दैछ । 

दिवसको अवसर पारेर महानगरले विभिन्न प्रतियोगितासमेत गरेको छ । जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटवल, क्रिकेट, बाँसुरी वादन प्रतियोगिता, रक्तदानलगायतका कार्यक्रम सम्पन्न गरेको महानगरले आज प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’लाई प्रमुख अतिथि बनाएर विशेष कार्यक्रम गर्न लागेको महानगर मेयर बालेन्द्र शाहले जानकारी दिएका छन् । 

 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update