Odapalika - The Fourth Estate - चौथो अंग
तरकारीको भाउः छोइनसक्नु कुरिलो र प्याज, फालाफाल मूला

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले  आजका लागि हरियो तरकारीको मूल्य तय गरेको छ । 

बिहीबार प्रतिकेजी ६०० रुपैयाँ न्यूनतम मूल्य तोकिएको कुरिलो एकैदिन २०० रुपैयाँले बढेर आज ८०० रुपैयाँ पुगेको छ ।

समितिले तय गरेको तरकारीको मूल्यअनुसार शुक्रबार सुकेको प्याज प्रतिकेजी न्यूनतम मूल्य १४० रुपैयाँ निर्धारण भएको छ । बिहीबारको तुलनामा आज प्याजको मूल्य प्रतिकेजी ५ रुपैयाँ घटेको छ । 

आज नेपाली ठूलो गोलभेडा हिजोको तुलनामा प्रतिकेजी ५ रुपैयाँले बढेर न्यूनतम मूल्य ५० रुपैयाँ पुगेको छ । 

शक्रबार हरियो तरकारीको मूल्यमा बिहीबारको तुलनामा प्रतिकेजी २०० रुपैयाँसम्म मूल्य बढेर आएको छ । आज कन्य च्याउको मूल्य २० रुपैयाँले बढ्दा डल्लो च्याउमा भने प्रतिकेजी ४० रुपैयाँ मूल्य घटेको छ । 

यस्तै, समितिले सानो गोलभेडा लोकल १५ रुपैयाँ, रातो आलु ३५, सेतो आलु ३४, गाजर प्रतिकेजी ४०, बन्दा लोकल ३०, स्थानीय काउली २५, मूला रातो १०, सेतो मूला १२, भन्टा लाम्चो ३०, मकै बोडी ६०, मटरकोशा १२०, घिउ सिमी लोकल ७०, राजमा सिमी १३०, लौका ५०, परवल लोकल ७०, भिण्डी ९०, फर्सी पाकेको ३०, हरियो फर्सी लाम्चो ४० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ । 

रायोको साग २५, पालुंगो ११०, चमसुर ११०, तोरी ३०, हरियो प्याज ८० रुपैयाँ तोकिएको छ । फलफूलको मूल्य भने बिहीबारको तुलनामा स्थिर छ । फलफूलमा आज फूजी स्याउ ३२० रुपैयाँ न्यूनतम मूल्यमा बजारमा पाइने छ । यस्तै केरा १४०, कागती १२०, अनार ३५०, कालो अंगुर २५०, सुन्तला नेपाली १००, मौसम १४०, जुनार २४०, आभोकाडो २०० र किवि २०० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  ०८:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update