Odapalika - The Fourth Estate - चौथो अंग
लम्पी स्किनलाई महामारी घोषणा नगरे आन्दोलनको चेतावनी 

काठमाडौँ । राष्ट्रिय किसान सन्जालले देशव्यापी रुपमा फैलिएको लम्पी स्किनलाई महामारी घोषणा गरी पीडितलाई राहत उपलब्ध गराउनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेको घोषणा गरेको छ । 

सन्जालले लम्पीस्किन रोगलाई महामारी घोषणा गर्नुपर्ने, त्यसको नियन्त्रणमा लिनुपर्ने र किसानलाई राहत तथा क्षतिपूर्ति दिनुपर्ने प्रमुख माग राखेको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन्जालका संयोजक गणेश तिमिल्सिनाले राष्ट्रिय किसान सन्जाल देशव्यापी आन्दोलनमा होमिएको घोषणा गरेका हुन् ।

लम्पी स्किन रोगबाट पशुमा धेरै क्षति भएको, पशु बीमाको रकम नपाएको, तरकारी उत्पादक किसानले उचित मूल्य नपाएको, जस्ता विविध कुरालाई सरकारले सम्बोधन गर्नुपर्ने माग गर्दै सन्जालले आन्दोलन घोषणा गरेको हो ।

सञ्जालले कालिमाटी फलफूल तथा तरकारी बजार विकाससमितिलेखुला प्रतिस्पर्धाविना सटर भाडामा लिएकाहरुसँग नवीकरण गरेको भन्दै कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बेथितिको पनि अन्त्य हुनुपर्ने माग गरेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update