Odapalika - The Fourth Estate - चौथो अंग
स्ट्याण्डर्ड चार्टर्ड बैंकले घटायो ब्याजदर, अब कुन खाताको कति ब्याज ? 

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । 

पुस १ गतेदेखि लागूहुने नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३.६० देखि अधिकतम ४.६५ प्रतिशत, मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत, ब्यक्तिगततर्फ ८.५६ प्रतिशत र रेमिट्यान्स बचत खातामा ९.५६ प्रतिशत र साधारण रेमिट्यान्स बचत खातामा ५.६५ प्रतिशत ब्याजदर तोकेको छ । 

यसअघि साधारण बचत खातामा ४ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशत, संस्थागततर्फ ५.२५ प्रतिशत, ब्यक्तिगततर्फ ८.९७ प्रतिशत र रेमिट्यान्स खातामा ९.९७ प्रतिशत र साधारण रेमिट्यान्स खातामा ६.०५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । 

बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । बैंकको आधार दर ७.८४ प्रतिशत थियो भने स्प्रेड दर ४ प्रतिशत छ ।

यसअघि बैंकले मंसिर महिनामा पनि ब्याजदर घटाएको थियो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update