Odapalika - The Fourth Estate - चौथो अंग
कुमारी बैंकले एक सातामै घटायो ब्याजदर

काठमाडौँ । कुमारी बैंक लिमिटेडले एक सातामै ब्याजदर घटाएको छ । गत मंसिर २४ गतेदेखि लागू हुनेगरी भन्दै ब्याजदर घटाएको बैंकले शुक्रबार एक सूचना जारी गर्दै पुस १ गतेदेखि लागूहुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । 

बैंकले शुक्रबार जारी गरेको सूचना अनुसार साधारण बचत खातामा न्यूनतम ५.५१ प्रतिशतदेखि अधिकतम ६.६१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि मंसिर २४ गते बैंकले उक्त खातामा न्यूनतम ५.७१० देखि अधिकतम ६.७१० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो ।

यस्तैगरी बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ न्यूनतम ७.३१ प्रतिशत र ब्यक्तिगततर्फ ९.३१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । मंसिर २४ गते  मुद्दति निक्षेपमा संस्थागततर्फ ७.६१० प्रतिशत र ब्यक्तिगततर्फ ९.६१० प्रतिशत ब्याजदर तोकेको थियो ।

यसअघि साधारण बचत खातामा न्यूनतम ५.५१० प्रतिशतदेखि अधिकतम ७.५१० प्रतिशतसम्म, मुद्दति निक्षेपमा संस्थागततर्फ ७.६१० प्रतिशत र ब्यक्तिगततर्फ ९.६१० प्रतिशत ब्याजदर तोकेको थियो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update