Odapalika - The Fourth Estate - चौथो अंग
बीमा सर्भेयरको भूमिका महत्वपूर्ण :अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले विमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । बिमा सर्भेयर संघ नेपालले आयोजना  गरेको कार्यक्रममा अर्थमन्त्री डा. महतले सो कुरा बताएका हुन् । 

‘सुरुवात धेरै अगाडिदेखि भए पनि बीमा नेपालका लागि आम विषय बनिसकेको छैन, जोखिम न्यूनिकरण गर्नका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन । मलाई समस्या आउँदैन, किन बिमामा किन सहभागी हुने भन्ने धारणा छ,’ उनले भने । 

देखिएका समस्या समाधानका लागि विमामा जोडिएका सबै र बिमाको नियमक निकाय प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल परिवर्तन मन्त्री डा. महतले आग्रह गरे । उनले व्यवसायिकतालाई मध्यनजर राखेर हामीले काम गर्नुपर्ने समेत बताए । 

‘विमा कम्पनीहरुले लिन बेला विज्ञापन गर्ने, रिर्सोस जम्मा गर्ने र दिनु पर्यो भने अनेकौं झमेला झिक्ने गरिन्छ । त्यहीनेर सर्भेरको काम आउँछ । उनीहरुको बीचमा बसेर सर्भेरले काम गरिदियो भने प्रभावकारी हुन्छ’ मन्त्री डा. महतले भने, ‘बिमा सर्भेर महत्वपूर्ण भूमिका हुन्छन् । कुनै प्रभावमा नपरी जे यथार्थ हो, त्यो राखेर समस्या समाधान गर्नुपर्छ । यो भयो भने कसैले यसमा खेल्न सक्दैन । विमालाई नयाँ उचाइमा पुर्याउन सर्भेरको भूमिका महत्वपूर्ण हुन्छ ।’

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update