Odapalika - The Fourth Estate - चौथो अंग
अदालतले भन्यो : काठमाडौँ महानगरमा सुर्तीजन्य पदार्थको बिक्री नरोक्नु

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र सुर्तीजन्य पदार्थको  बिक्री वितरणमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत, पाटनले आदेश दिएको छ । अदालतले शुक्रबार अन्तरिम आदेश जारी गर्दै तत्काल बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न भनेको हो । 

गत मंसिर १२ गते महानगरले एक सूचना जारी गर्दै मंसिर २७ गतेदेखि महानगरपालिका भित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो । महानगरले उक्त निर्णय गरेपछि श्रीराम टोवागो उद्योगले उच्च अदालत पाटमा मुद्दामा दर्ता गराएको थियो । 

अदालतले उक्त मुद्दाको अन्तिम टुंगो नलगेसम्म उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘सुविधा सन्तुलिन निवेदकहरुको पक्षमा विचारणीय देखिँदा स्वास्थ्य विभाग, काठमाडौं महानगरपालिकाद्वारा १२ मंसिर २०८० मा जारी गरिएको सूचना प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्न नगराउनु भनी विपक्षीहरुको नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ ।’

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update