Odapalika - The Fourth Estate - चौथो अंग
तराईमा हुस्सु लाग्दा यी प्रदेशमा हिमपातको सम्भावना 

काठमाडौँ ।  नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

तराईका थोरै स्थानहरूमा भने हुस्सु लागेको छ । आज दिउँसो लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

आज राति भने गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update