काठमाडौँ । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज आइतवार राजनीतिक दलहरुलाई चुनाव चिह्न प्रदान गर्नेछ ।
आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दर्ता भएका राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने भएको हो ।
राष्ट्रियसभा निर्वाचनमा सहभागि हुन १२ दल दर्ता भएका र आज ति दलहरुलाई चुनाव चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।
दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ । फागुन २० गतेदेखि नेकपा एमालेका ९ सहित २० राष्ट्रियसभा सदस्यहरु २० पदमुक्त हुदैछन् ।
प्रकाशित मिति: आइतबार, पुस १, २०८० ०८:००
प्रतिक्रिया दिनुहोस्