Odapalika - The Fourth Estate - चौथो अंग
मकवानपुरगढी गाउँपालिकामा रैथाने बालीकाे बेग्लै मूल्य, यस्तो छ दर 

काठमाडौँ । मकवानपुरको मकवानपुर गढी गाउँपालिकाले गाउँपालिकाभित्र उत्पादन हुने रैथाने बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । गाउँपालिकाले कोदो र धान कोदो  प्रति केजी ५४, फापरको प्रतिकेजी १०० र जुनेलोको प्रतिकेजी ८४ रुपैयाँ मूल्य निर्धारण गरेको पालिकाले जनाएको छ । 

गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले चालु आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रमअनुसार रैथाने बालीका लागि उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम कार्कान्वयन गर्न मूल्य निर्धारण गरिएको बताए । 

मकवानपुर गढी गाउँपालिकामा रैथाने बाली खरिदकर्ताको रूपमा सूचीकृत कृषि सहकारी र कृषक समूहले गाउँपालिकाले तोकेको मूल्यमा उत्पादक कृषकहरूबाट खरिद गर्नुपर्नेछ । 

उत्पादक कृषकले सूचीकृत सहकारी र समूहमा बिक्री गरे बापत उत्पादनमा आधारित थप १० रुपैयाँ प्रति केजी गाउँपालिकाले प्रोत्साहन रकम उपलब्ध गराउने पालिकाको सूचनामा उल्लेख छ । 

यसअन्तर्गत उत्पादक कृषकले प्रति केजी ६ रुपैयाँका दरले र खरिदकर्ताले प्रति केजी ४ रुपैयाँका दरले पाउनेछन् ।  कृषकले कोदो र धान बेच्दा प्रतिकेजी केजी ६०, फापर प्रतिकेजी १०६ र जुनेलोको प्रति केजी ९० रुपैयाँ मूल्य पाउनेछन् । 

गाउँपालिकाले यस वर्ष रैथानेबालीहरु कोदो, धान कोदो, फापर र जुनेलो गरी ५० मेट्रिक टन सङ्कंकलन गर्ने लक्ष्य राखेको छ । ती बालीलाई  सहकारीमार्फत बिक्री गर्ने तयारी पालिकाको छ । 

makawanpurgadi1702786729.jpg

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update